विप्लव नेतृत्वकाे नेकपाबाट पनि गुठी बिधेयककाे बिराेध

227

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘संसद्‍मा दर्ता भएको गुठी विधेयक’को विरोध गरेको छ।

 बुधबार प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ति जारी गरी गुठी व्यवस्थित गर्ने नाममा सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको उल्लेख गरेका छन्।

‘गुठीलाई आधुनिकीकरण र न्यायपूर्ण परिचालन गर्नुपर्छ,’ प्रकाण्डले प्रश्न गर्दै भनेका छन्, ‘नागरिकको साँस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाइ किन विधेयक निर्माण गरिँदैछ ?’

विधेयकको विरोधमा शान्तिपूर्ण र वैधानिक संघर्षमा सरकारले दमन गरेको भन्दै प्रकाण्डले दमनको निन्दा गरेका छन्।

घटनाका घाइतेको उपचारको व्यवस्था र न्यायपूर्ण समाधानका लागि उनले सरकारसँग माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here