मनिष र युनिताको स्वर रहेको ‘ट्याटु खोपेर’ सार्वजनिक (भिडियो)

300

चर्चित लोकप्रिय कलाकार मनिष श्रेष्ठ निर्देशित नयाँ म्युजिक भिडियो ‘ट्याटु खोपेर’ सार्वजनिक भएको छ । मनिष श्रेष्ठ र युनिता श्रेष्ठको स्वर रहेको उक्त गीतलाई गायक स्वयम् श्रेष्ठ र मनिष बरालले संगीत भरेका छन् ।

भिडियोमा बुगिउगी बिजेता डान्सर कविता नेपाली र मनिष श्रेष्ठको अहिलेसम्मकै उत्कृष्ट र फरक अभिनय देख्न सकिन्छ भने ‘वाउ क्रु’ को पनि प्रस्तुति रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोमा प्रमोद भण्डारीले कोरियोग्राफ गरेका हुन्।

भिडियो निर्माणमा आफूहरुले धेरै मेहनतका साथ काम गरेर अलि फरक रुपमा प्रस्तुत हुन खोजेको निर्देशक मनिष श्रेष्ठ बताउँछन् । हुनत यो भन्दा अगाडिको उनको कामहरु तारिफ योग्य नै छ ।

लामो समयदेखि कलाकारितामा संघर्ष गरेर अगाडि बढिरहेका उदयपुरका मनिष श्रेष्ठ पछिल्लो समय गिनिज वर्ल्ड रेकर्डमा (एउटा खुट्टा काधमा राखी एउटा हातले नेपालको झण्डा फर्फराउँदै मोटरसाइकल चलाएर) नाम लेखाउने समेत तयारी गरिरहेका छन् ।

‘ट्याटु खोपेर’ भिडियो :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here