कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको हार

192

एजेन्सी / विश्व चर्चित खेलाडी लियोनल मेस्सी कप्तानी रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमा पराजित भएको छ ।

ब्राजिलमा जारी प्रतियोगितामा आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० गोलअन्तरले पराजित भएको हो । कोलम्बियाको जितमा रोजर मार्टिनेज र डुभान जापटाले समान १–१ गोल गरे । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो । खेल आफ्नो पकडमा राखे पनि अर्जेन्टिनाले कोलम्बियालाई हराउन सकेन ।

खेलको ७१औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । खेलको ८६ औं मिनेटमा कोलम्बियाले अर्को गोल गर्न सफल भयो । योपटक भने जापटाले गोल गर्दै कोलम्बियालाई दोब्बर अग्रता दिलाए । बाँकी समयमा दवै टिमले गोल गर्न नसकेपछि खेल कोलम्बियाले २–० को जित निकालेको हो ।

उद्घाटन खेलमा बोलिभियालाई ब्राजिलले ३–० गोल अन्तर सहज रुपमा हराएको थियो भने अर्को खेलमा भने पेरु र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here