१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि ५ अर्ब २६ लाख बजेट माग

224

काठमाडौं / आगामी डिसेम्बरमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद् ९राखेप००ले ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार बजेट माग गरेको छ ।

राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा निर्माण भएको बजेट निर्माण कार्यदलले आइतबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा समक्ष १३औं साग सम्पन्न गर्न बजेटको माग गरेका हुन् । कार्यदल संयोजक तिम्सिनाले सबैसँग छलफल गरेर भब्यताको साथ प्रतियोगिता सम्पन्न गर्न बजेटको प्रस्ताव गरेको बताएका छन् । कार्यदलको प्रतिवेदनअनुसार राष्ट्रिय टिम तयारी समिति शीर्षकमा ८८ करोड १२ लाख ६८ हजार लाग्ने उल्लेख गरेको छ । त्यस्तै, खेल सामग्री, उपकरण तथा पोशाक व्यवस्थापन समितिमा एक अर्ब २९ करोड ९१ लाख, समारोह व्यवस्थापन समितिमा ७१ करोड ४६ लाख ८२ हजार, सुरक्षा समितिमा ५० करोड २६ लाख, आवास व्यवस्थापन समितिमा ४५ करोड ५२ लाख शीर्षक उल्लेख गरिएको छ ।

प्रतिवेदन बुझ्दै खेलकुदमन्त्री विश्वकर्माले प्रतियोगिता समयमै भब्य तथा सभ्य तरिकाले सम्पन्न हुने जनाउँदै प्रतिवेदनमाथि थप छलफल हुने बताए । मन्त्री विश्वकर्माका अनुसार, ‘यो प्रतिवेदनमाथि आन्तरिक छलफल गर्छौ । त्यसपछि अर्थमन्त्रालयबाट स्वीकृत गरेर प्रतियोगिता सफल बनाउन कुनै बाँकी राख्दैनौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here