चिनियाँ राष्ट्रपतिलाई जन्मदिनको अवशरमा पुटिनद्धारा ‘आइसक्रिम बक्स; उपहार

179

एजेन्सी / चिनियाँ राष्ट्रपति सि जिनपिङले शनिबार आफ्नो ६६ औँ जन्मदिन मनाएका छन्। यसै अवशरमा रूसका राष्ट्रपति ब्लादिमिर पुटिनले जिनपिंगलाई आइसक्रिम बक्स उपहार दिएका छन् पुटिनले भने ‘जन्मदिवसको बधाइ, मेरो शुभकामना तपाईंको साथमा छ। तपाईं जस्तो मित्र पाउँदा म अत्यान्तै खुसी छु।’ सो कार्यक्रम हुँदा दुवै नेता ताजिकिस्तानमा आयोजित कन्फ्रेन्स अन इन्टरेक्शन एन्ड कन्फिडेन्स बिल्डिङ मेजर्स इन एशिया (सिआइसिए) को पाँचौँ बैठकमा सहभागि थिए। क्रेमलिन (रूसी राष्ट्रपति कार्यालय) को वेबसाइटका अनुसार, पुटिन र जिनपिंगको यो भेट ताजिकिस्तानको राजधानी राजधानी दुशान्बेमा आयोजित सिआइसीए कन्फ्रेन्समा साहभागि भएका थिए। यो कन्फिरेन्समा इरान र कतारलगायत गरेर २७ देशका प्रतिनिधि सहभागि थिए। जिनपिंग पछिल्लो हप्ता तीन दिवसीय भ्रमणका क्रममा रुस पुगेका थिए। यही क्रममा उनले पुटिनलाई आफ्नो सबैभन्दा राम्रो मित्र भएको जनाएका थिए। वेबसाइटका अनुसार, पुटिनले आइसक्रीमसँगै जिनपिंगलाई एउटा केक र फुलदान पनि दिएका थिए। यसैक्रममा जिनपिङले पुटिनलाई चिनियाँ चिया उपहार दिएका थिए। वेबसाइटमा दुवै देशका नेताको तस्विर पनि शेयर गरिएको छ। यसमा दुवै नेता जन्मदिन मनाउनका लागि श्याम्पेनको गिलास लिएको देखिएको छ। यसक्रममा जिनपिङले पुटिनलाई उनी चीनमा पनि प्रसिद्ध रहेको जनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here