सरकारी कर्मचारीको तलब बढेन

47

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाका साथै सामाजिक सुरक्षा भत्ता बढाउने विषयमा कतै उल्लेख गरेका छैनन्।

सरकारले आगामी वर्ष वृद्ध भत्तासहित समाजिक सुरक्षा भत्ता नबढाउने भएको छ।

बजेटले ज्येष्ठ नागरिक लगायत लक्षित समूहलाई वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको मात्र उल्लेख छ।

सरकारले दिने सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन गरिएको पुनले जानकारी दिएका छन्। पछिल्लो पटक आर्थिक वर्ष २०७८/६९ को बजेटले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको थियो। कर्मचारीको तलब, भत्ता र अन्य सुविधा गत आवमा पनि वृद्धि भएको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here