सरकारले प्रतिवन्ध लगाएको विप्लवको पक्षमा संसदमै उठ्यो चर्चा

201

काठमाडौं /   संसदमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पक्षमा आवाज उठेको छ । विप्लव नेतृत्वको नेकपा लाई प्रतिबन्ध लगाउन नहुने भन्दै संसदमा राष्ट्रिय जनमोर्चाले आवाज उठाएको हो ।

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले विप्लव निकट विद्यार्थीलाई गिरफ्तार गरेकोप्रति विरोध जनाएकी हुन् ।

‘जेठ २६ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा शान्तिपूर्ण रुपमा भेला भएका विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरूलाई पक्राउ गरेको छ । संविधानमा शान्तिपूर्ण तरिकाले भेला गर्ने अधिकार दिएको छ । विप्लवका विद्यार्थीलाई गिरफ्तार गर्ने निर्णयप्रति पार्टीले जोडदार रुपले विरोध गर्दछु । सभाुमखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु,’ पौडेलले भनिन् ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबीच पार्टी एकीकरणको चर्चा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here