बिदेशी डिजाईनमा सरकार परिवर्तनकाे खेल भैरहेकाे सत्तासिन नेता गुरुङबाट खुलासा

272

काठमाडौं- सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले सरकार समिकरण फेरबदलको खेल भईरहेको खुलासा गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले नेताहरुको कमिकमजोरीबाट बाह्य शक्तिहरुले नाजायज फाइदा उठाइरहेको र तीनै शक्ति केन्द्रसँगको मिलेमतोमा सरकारको समीकरण फेरबदलको तयारी भइरहेको दाबी गरेका हुन् ।

उनले भने, “विदेशीले शान्ति प्रक्रियालाई अवरोध गर्ने प्रक्रियामा लागिराखेको छ । यहाँका कतिपय दलका नेताहरु यही मुद्दालाई लिएर समीकरणमा खेल्न सकिन्छ कि भनेर, सरकार फेर्न सकिन्छ कि भन्ने संकिर्ण सोचबाट पनि हेरिरहेका छन् । कतिपयले यही मुद्दालाई उठाएर पेलेको पेलेइ गरेर आफू सधैं सत्तारुढ बन्न पाइन्छ भन्ने प्रकारको सोँचले पनि काम गरिरहेका छन् । कतिपयले यही मुद्दालाई केन्द्रबिन्दु बनाएर समीकरण फेर्ने, टुटाउने फुटाउने ढंगले जान सकिन्छ भन्ने संकिर्ण सोंचले पनि काम गरिराखेको छ । ”

नेताहरुको कमजोरीबाट नाजायज फाइदा उठाएर फेरि नेपालमा विदेशी सेना भित्र्याउने चलखेल भइरहेको पनि उनले उल्लेख गरे । नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने र छिमेकी राष्ट्रको रुपमा प्रयोग गर्ने दिशामा मुलुकअघि बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले नेपालको सार्वभौमसत्ता र अस्मिता रहन्छ कि रहँदैन भन्ने स्थितिमा मुलुक पुगेको दाबी गरे ।

उनले भने, “नेपाल अब विदेशी सेनाको अखडास्थल बन्यो भनेर अफगानिस्थान जस्तो मात्रै हुनेवाला छैन । दक्षिण कोरिया मात्रै हुनेवाला छैन । दुईवटा छिमेकी राष्ट्रको बीचमा विदेशी सेनाको अखडा बन्यो भने नेपालको भूगोल रहन्छ कि रहँदैन ? त्यो दिशा तर्फ जाँदै छ । ”

पश्चिमा शक्तिले फेरि पनि शान्ति प्रक्रियासँग जोडिएको मुद्दालाई हतियारको रुपमा प्रयोग गर्न खोजिरहेको भन्दै उनले समयमै शान्ति प्रक्रियाका बाँकी विषय टुंगोमा पु‍र्याउन सरकारको ध्यानाकर्षण गराए । शान्ति प्रक्रियाका बाँकी मुद्दा सम्बोधन नभएको भन्दै उनले त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

विगतमा मुद्दा लगाइएका कयौंलाई वारेन्ट काट्दै पक्राउ गर्ने काम तीव्र हुँदै गएको भन्दै उनले नेपालको राजनीतिक कोर्षबारे चिन्ताको विषय बनेको जनाए । हालै संयुक्त राष्ट्रसंघ समेतको संलग्नतामा पश्चिमा शक्ति केन्द्रहरुले संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध पुर्‍याउने काम गरेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here