प्रदेश अस्पताल सुर्खेत परिसर तनावग्रस्त

115

काठमाडौं । प्रदेश अस्पताल सुर्खेतमा दैलेखकी भिमा बलामीको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। 

भिमाको बिहीबार दिउँसो ३ बजे उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।  उनी पेट दुखेपछि उपचारका लागि भन्दै केही दिनअघि सुर्खेत आएकी थिइन। सुर्खेतको राना क्लिनिकमा उनको चेकजाँच गराउँदा पाठेघरमा समस्या देखिएकोले उनी कर्णाली प्रदेश अस्पताल जाने निधो गरिन् र बिहीबार बिहानै उनी प्रदेश अस्पताल भर्ना भइन्।

उनको ८ महिनाको बच्चासमेत रहेको छ। अस्पतालमा परीक्षण गराउँदा ४ महिनाअघि सुत्केरी हुँदा पाठेघरमा सालनालका केही अंश बाँकी रहेको पाइएको चिकित्सकको भनाइ छ। 

चिकित्सकका अनुसार उनको पाठेघर सफा गर्नुपर्ने भयो। भीमाको पेटमा केही महिनाको बच्चासमेत थियो। मृतक भिमाका जेठाजु हर्क बलामीका अनुसार अस्पतालले उपचारका क्रममा रगत अभाव भएको जानकारी दिएको थियो। 

रगत मगाएको केही समयमै अस्पतालले मृत घोषणा गरेको र शव बुझ्न भनेको उनले बताए। यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले भिमाको मृत्यु भएको भन्दै आन्दोलन गरिरहे। आन्दोलनपछि अस्पतालले आफन्तलाइ वार्तामा बोलाएको थियो।

वार्तामा अस्पतालले छानबिन समिति बनाएर उपचारमा संलग्न चिकित्सकको गल्ती भए कारबाही गर्ने बताएको थियो। तर, आफन्तको माग भने मृतक भिमाकी ८ महिनाकी छोरीको लालनपालन र उच्च शिक्षाको जिम्मा पनि छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आफन्तहरूले आज आन्दोलन स्थगित गरेका छन्।

उनीहरूले घटनाको जिम्मा अस्पतालले नलिएसम्म आफ्नो आन्दोलन नरोकिने बताएका छन्। शनिबार बिहान ११ बजेदेखि फेरि आन्दोलन गर्ने हर्कले जानकारी दिए। 

घटनाको छानबिन र उचित क्षतिपूर्ति हुनुपर्ने माग आफन्तहरूले गरेका छन्। शुक्रबार बिहान १० बजेदेखि चरणवद्ध आन्दोलन तयारी आफन्तहरूले गरेका थिए। कर्णाली प्रदेश अस्पताललाई देशकै उत्कृष्ट भनिए पनि सेवा प्रवाहका विषयमा भने व्यापक प्रश्न उठ्ने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here