नवौँ आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न

44

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा सम्पन्न गरेको छ । ‘स्विङ फर सस्टेनेबिलिटी’ विषयमा गरिएको उक्त प्रतियोगिताले बैंकको शून्य कार्बन अवधारणालाई जोड दिएको बैंकले जनाएको छ ।

उक्त प्रतियोगितामा एक टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपूर्ति गर्न ४५ बिरुवा रोप्नुपर्ने आकलन गरिएको थियो । यद्यपि, बैंकले एक हजार बिरुवा रोप्ने प्रतिबद्धता जनाएको छ ।

एकदिने उक्त प्रतियोगितामा १०७ गल्फरको सहभागिता थियो, जसमा आठ महिला प्रतियोगी थिए । सहभागीले ३४ ह्यान्डी क्यापका साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा ४३ अंकसहित आत्माराम सिंखडा विजयी भए । उपविजेता आशीषलाल श्रेष्ठले ४२ अंक ल्याए ।

यस्तै, उत्कृष्ट ग्रस टासी छिरिङ (३८ अंक), वरिष्ठ श्रेणी विजेता तुलसी भट्ट (४० अंक), महिला विजेता तारा कार्की चित्रकार (३५ अंक), महिला उपविजेता सुमित्रा खड्का (३० अंक), सबैभन्दा लामो ड्राइभ नोर्बुछिरिङ शेर्पा र पिनको नजिक अनिलकुमार सिन्हा भए ।

विजेताहरूलाई लक्ष्मी सन्‌राइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गरेका थिए । उनीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्धतालाई जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here