हुम्ला– कर्णाली नदीमा जीप खस्दा १६ जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे गाडी दुर्घटना भएको हो ।
लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाही सहित १६ जना वेपता भएको याक्चु प्रहरीलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । गाडीमा कति यात्रु सवार थिए भन्ने एकिन भइनसकेकोले साहयक प्रमुख जिल्ला अधिकारी पोखरेले जानकारी दिए । स्थानीयका अनुसार जीपमा १६ यात्रु सवार थिए ।
प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ। यस्तै वेपत्ता जीपको खोजीका लागि दुई हेलिकोप्टरसमेत परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

















