‘ह्वावे वाई सेभेन प्रो २०१९’ नेपाली बजारमा

169

काठमाडौं  / धेरै मूल्य नतिरी महंगा मोबाइलमा हुने फिचर्सको मजा लिने चाहना राख्नेका लागि हुवावेका स्मार्टफोन विकल्प हुनसक्छन्। प्रिमियम स्मार्टफोनमा हुने फिरचर्ससहितको ‘ह्वावे वाई सेभेन प्रो २०१९’ नेपाली बजारमा कम्पनीले ल्याएको छ। ३ जिबी र्‍याम र ३२ जिबी स्टोरेजमा उपलब्ध यो फोन नेपाली बजारमा करिब ५ महिना अघि आएको थियो।

मोडिफाईसहितको मोडल भने एक महिना अघि आएको छ। ३ जिबी र्‍याम ६४ जिबी स्टोरेज र फिङ्गर प्रिन्ट सेन्सर भएको यो फोन बजारमा लोकप्रिय हुँदै गएको कम्पनीको दावी छ। वाई सिरिज अन्तर्गतको पछिल्लो स्मार्टफोन ह्वावे वाई सेभेन प्रो २०१९ लाई नेपाली बजारमा ह्वावेका अन्य स्मार्टफोनहरू झैँ लोकप्रिय हुने विश्वास गरिएको कम्पनीको धारणा रहेको छ ।

स्मार्टफोनः ‘वाइ सेभेन प्रो २०१९’
डिस्प्लेः ६.२६ ईन्च डियूड्रप डिस्प्ले
ब्याक क्यामराः १३ एमपीं २एमपीको मास्टर एआई सपोर्टयुक्त एआई क्यामरा
फ्रन्ट क्यामराः १६ मेगापिक्सेल
प्रोसेसरः अक्टाकोर प्रोसेसर १.८ गिगाहर्ज
र्‍यामः ३ जिबी
स्टोरेजः ३२ जिबीर६४ जिबी
कनेक्टीभिटीः डुअल क्यामरा, वाइफाई, ब्लुटुथ
कलरः (नीलो –ओरोरा ब्लू), कालो (मिडनाइट ब्ल्याक) र रातो (कोरल रेड)
मूल्यः १८ हजार ४ सय ९० र २० हजार ४ सय ९०
ब्याट्रीः ४ हजार एमएएच

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here