बाढी प्रभावित क्षेत्रमा नर्भिक अस्पतालको स्वास्थ्य शिविर

114

काठमाडौं / थापाथलीस्थित नर्भिक अस्पतालद्धारा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गरेको छ। ग्याष्ट्रोलोजिष्ट डा वरुण साहको नेतृत्वमा दुई जना मेडिकल अफिसर र तीन जना प्यारामेडिक्ससहितको टोलीले प्रदेश नम्बर २ को मनहरा सिसुवा नगरपालिका महोत्तरीमा दुई दिन स्वास्थ्य उपचार सेवा दिएको हो।

नर्भिक अस्पताल काठमाडौंबाट गएको उक्त टोलीले एक हजार बढी बिरामीको स्वास्थ्य जाँच गरेको छ। स्वास्थ्य जाँचसँगै टोलीले बिरामीलाई औषधि समेत निशुल्क रुपमा वितरण गरेको डाक्टर वरुण साहले जानकारी दिए। टोलीले आइतबार र सोमबार प्रभावित क्षेत्रमा उपचार सेवा दिएको हो। गत साता आएको वर्षातका कारण प्रदेश २ का अधिकांस क्षेत्र प्रभावित बनेको थियो। बाढी पछि घाइते भएका बिरामी र बाढीका कारण देखिन सक्ने सम्भावित महामारी रोक्न अहिले प्रभावित क्षेत्रमा सरकारी, निजी स्वास्थ्य संस्था र अन्य गैरसरकारीस्तरबबाट पनि विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन भइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here