महिनावारीलाई पर्वको रुपमा मनाउने चलन

127

दिल्ली /  भारतका धेरै ठाउँमा महिनावारीलाई हेर्ने दृष्टिकोण राम्रो नभएपनि  भारतकै ओडिसामा महिनावारीलाई लिएर रजा पर्व मनाइन्छ। यो तीन दिन मनाइन्छ। जसको आज तेस्रो दिन हो। जुन १५ देखि १८सम्म मनाइने उक्त पर्वमा महिलालाई असाध्यै सम्मान गरिन्छ। महिनावारीलाई पूजनीय विषयका रुपमा लिइन्छ।

तीन दिनसम्म विवाहित महिला र अविवाहित युवती दुवैलाई विशेष सम्मान गरिन्छ । उनीहरुलाई मिष्ठान्न भोजन गराउनुका साथै सुन्दर पहिरन दिइन्छ।

यो तिहारमा महिलाको मात्रै होइन, धर्ति समेत उर्बर हुनुको खुशी मनाइन्छ। यसलाई भूदेवी अर्थात् भूमिका लागि मनाइन्छ । ओडिसामा भगवान विष्णुकी श्रीमती भूदेवी वर्षा सुरु हुनुभन्दा पहिले रजस्वला हुने विश्वास गरिन्छ। यो समय पृथ्वीलाई आराम दिइन्छ। खेतीकिसानीका सारा कम बन्द गरिन्छ । यसपछि पृथ्वीमा थप उब्जनी हुने विश्वास गरिन्छ।

जसरी धर्तिलाई आराम दिइन्छ। त्यसैगरी महिलालाई पनि आराम दिइन्छ। चार दिनसम्म महिलालाई कुनै काम गर्न लगाइन्न। उनीहरुको काम भनेकै नयाँ कपडा लगाएर तिहारमा भाग लिनु हुन्छ।

यो पर्वका चारै दिनको महत्व छुट्टाछुट्टै छ। पहिलो दिनलाई ‘पहली रजा’ भनिन्छ। दोस्रो दिन मिथुन संक्रान्ति मनाइन्छ। तेस्रो दिन भूदाहा र चौथो दिन वसुमति स्नान भनिन्छ । अन्तिम दिन महिलाले नुवाइ–धुवाइ गरेर शृंगार–पटार गर्नपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here