
इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) २०१९ भारतमै हुने भएको छ । आम चुनावका कारण आईपीएल हुने नहुनेबारे शंसय थियो । तर, भारतीय क्रिकेट कन्ट्रोेल बोर्ड (बीसीसीआई) ले २३ मार्चबाट आईपीएल हुने जानकारी दिएका छन् । संघ र प्रदेशका अधिकारीहरुसँग छलफल गरेर प्रशासनिक समितिले मिति र स्थान तय गरेको छ । यसअघि
२००९ र २०१४ मा चुनाव भएका बेला आईपीएलको केही खेल दक्षिण अफ्रिका र युएईमा खेलाइएको थियो ।
यो सिजन आईपीएलका लागि अर्को चुनौती विश्वकप हुँदैछ , जुन आईपीएल सकिएको केही सातापछि ३० मेबाट इंग्ल्याण्डमा हुँदैछ । यसले आईपीएलमा राम्रा विदेशी खेलाडीहरु अनुपस्थित हुन सक्ने सम्भावना पनि देखिन्छ ।
















