ग्लोबल आइएमई बैंक र सुमेरु हस्पिटलबीच सम्झौता

103

काठमाडौं / ग्लोबल आइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच सम्झौता भएको छ। सम्झौता अनुसार सुमेरु हस्पिटलमा उपचार गराउँदा ग्लोबल बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन्।

बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले अस्पतालसँग सम्झौता गरेको जनाएको छ। सम्भौतापत्रमा हस्पिटलका प्रबन्ध निर्देशक सुनिल डंगोल र बैंकका कार्ड बिक्री तथा बजार प्रबद्र्घन विभागका प्रमुख नवीन सुवेदीले हस्ताक्षर गरेका थिए । बैंकका देसभरि १३५ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ एक्सटेन्सन काउण्टर तथा १२६ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here