गुठी विधेयक विदेशीले लादेको १० वर्षे युद्धको कानुनी संस्करण हो

237

– भरत दाहाल

संस्कृतिमाथिको हमला मेकालेको रिपोर्टमा आधारित मिशन– गुठीमाथि ओली–दाहाल–माधव ग्याङले सुरु गरेको हमला नेपालको सबैभन्दा प्राचीन संस्कृतिलाई मास्ने पश्चिमाहरुको प्रमुख डिजाइन हो र यो डिजाइन सन् १८३५ मा लर्ड मेकालेले ब्रिटीश संसदमा प्रस्तुत गरेको रिपोर्टमा आधारित छ । सो रिपोर्टले एशियाली देशहरुको शिक्षा र संस्कृतिलाई नसिध्याएसम्म यहाँ पश्चिमाहरुको वर्चश्व कायम हुन नसक्ने निष्कर्ष निकालेको छ । त्यहि निष्कर्षले मिशीनरी अभियान जन्माएको हो । माओवादी युद्धको डिजाइन नै यसै मिशनमा आधारित थियो । तपाईंहरु सो युद्धको १० बर्षे अवधिलाई राम्ररी हेर्नुहोस् ! जहाँ जहाँ माओवादीले कथित आधार इलाका घोषणा गरेर जनसरकार बनाएको छ, ती सबै विकट पहाडी ठाउँमा माओवादीहरुकै संलग्नतामा रातारात चर्चहरु निर्माण गरिएका छन् । एमाले पूर्णतः पश्चिमा एनजिओहरुको सञ्जाल हो । यी दुबै पश्चिमा प्रेतहरुलाई मिलाएर गुठीमाथि हमला सुरु भएको छ ।

यो अपराधमा यसभन्दा पहिले बाबुराम नामको शिखण्डीलाई प्रयोग गरिएको थियो, जसको हातबाट कुमारी लगायत काठमाडौंका सबैजसो संस्कृतिहरुलाई राज्यले गर्दै आएको सहयोग बन्द गर्ने निर्णय गर्न लगाईएको थियो तर व्यापक विरोधपछि विदेशी गिरोह पछि हटेको थियो । यो पेशेवर अपराधी पश्चिमा गिरोह हो । यस गिरोहलाई हिरो बनाएर विदेशीहरुले लादेको लोकतन्त्रको जरा नमासेसम्म यस्ता अपराधहरु जारी रहन्छन् ।

किन पर्दैछन् निशानामा गुठीहरु ? घाँस खाने वर्गको अभिष्टलाई बुझौं ! घाँस ख्वाउने साम्राज्यवाद चिनौं !

नेपालका सबै जसो समुदायहरुमा प्रचलनमा रहेको गुठी संस्कृतिका केही सामाजिक विशेषताहरु छन्, जसले नेपालका संस्कृतिहरुको परिचय दिएका छन् ।

१. गुठीहरु सामाजीकरणका भरपर्दा माध्यमहरु हुन्, जसले सामूहिकता, नैतिकता र कर्तव्यको संबन्धमा जोडेर राखेका छन् २. गुठीहरु समाजवादी संस्कारका प्रतीकहरु हुन्, जसले नेपालीहरुलाई सामुहिक स्वामित्वको भावनामा जोडेर राखेका छन् ३. गुठीहरु ऐतिहासिक परम्पराका धरोहरहरु हुन्, जो नेपालको सभ्यताका विशिष्ट पहिचानका रुपमा विश्वभरि चिनिएका छन् ४. गुठीहरु सभ्यता र संस्कृतिका सामुहिक अभिव्यक्तिहरु हुन्, जसले बाह्य अतिक्रमणको सामुहिक रुपमा प्रतिरोध गर्दछन् ५. गुठीहरु परोपकार र समाज सेवाका उपकरणहरु हुन्, जसले समाजलाई मानवीय बनाउन अग्र भूमिका खेलिरहेका छन् ।

किन निशानामा छन् गुठीहरु ?
पश्चिमा साम्राज्यवादले नेपालका सबै संस्कृति मासेर, छिन्नभिन्न बनाएर नेपालीहरुलाई यहाँका दलहरु जस्तै संस्कृति र संस्कार विहिन पशुका रुपमा परिणत गर्न खोजिरहेको छ ताकि दिमागमा खाने, टट्टि गर्नेे र सम्भोग गर्ने सोंच मात्र बाँकि रहेका मानिसहरुलाई घाँस देखाएर आफू अनुकूल उपयोग गर्न सकियोस् । यो पश्चिमा साम्राज्यवादको सांस्कृतिक हमलाको आधारभूत रणनीति हो । यसका लागि बाबुरामको प्रधानमन्त्रीत्व कालमा पहिलो असफल हमला गरिएको थियो । अहिले त्यहि घाँस खाने वर्ग र एमाले खोलको एनजिओ सञ्जाललाई जोडेर बहुमतका आडमा खुल्ला आक्रमण सुरु गरिएको छ । यसका पछाडि ‘होली वाईन’ रणनीति बसेको तथ्यमा संका हुनु हुँदैन ।

यो विदेशीले लादेको १० बर्षे युद्धको कानूनी संस्करण हो । उक्त अवधिका बन्दूकहरु पुष्पकमल र बाबुरामको आदेशमा होईन, रअ, सिआईए र इसाई मिशिनरीहरुको आदेशमा पड्किएका हुन् । बुख्याँचाहरुलाई काखमा सुताएर १७ हजार नेपालीको हत्या गर्ने यीनै विदेशी आतंकवादी संस्थाहरुले नेपालका गुठीहरुलाई निशाना बनाएका हुन् । दरबार हत्याकाण्ड र दासढुंगामा पुरष्कारको प्रलोभन देखाएर यहिंका घाँस खाने पशुहरुबाट काम तमाम गरेझैं गुठी विधेयक ल्याउने आततायिहरुलाई देखाईएको पुरष्कार गुठीको जमिन हो । गुठीको जमिन लुटेर खानका लागि साम्राज्यवादका जगेडाहरु सल्बलाएका हुन् । युद्धकालमा यिनीहरुले यसैगरि अर्काको सम्पत्ति लुटेर खाएका छन् ।

विदेशी आडमा नेपाल र नेपाली नागरिकहरुलाई लुटेर तोंत लट्किएका यी आतंकवादी विदेशी जगेडाहरुको लुटको सम्पत्ति कब्जा गर्ने अभियान चलाउन जरुरी भैसकेको छ । यिनीहरुको सम्पत्ति कहाँबाट आयो ? हिंजोको हरिकंगाल दरिद्रहरुको कुलिन जीवनले हाम्रो मानवता, नेपालको सभ्यता, संस्कृति एवं सामाजिक नैतिकतालाई गिज्याईरहेको छ । सबैभन्दा पहिले यीनै किटाणुहरु मारिनु पर्छ । लुट, व्यभिचार, अत्याचार, अमानवीयतामा प्रशिक्षित गरेर ‘कम्युनिष्ट’को पोशाकमा साम्राज्यवादले नचाएका यी प्रेतहरु नेपाल र नेपाली नागरिकहरुका काल हुन् । यिनीहरुले नक्कलि मुद्दा उछालेर साम्राज्यवादका लागि हजौं नेपालीहरुको हत्या गराएको घटनाले नै यिनीहरुको असलि परिचय दिन्छ ।

गुठी विधेयक ल्याउनुको आधारभूत षडयन्त्र, मिशनरी दलालहरू विरूद्ध उपत्यका जाग्नु पर्छ
१. निजी गुठीलाई सरकारको मातहतमा लगेर जमिन लुटी खाने । २. निजी गुठीहरुले गर्दै आएका पर्व, समारोहहरु बन्द गराउने । ३. मठमन्दिरहरुको निर्माणको परम्परालाई स्थायी रुपमा बन्द गर्ने । ४. सांस्कृतिक संबन्धलाई छिन्नभिन्न बनाएर नेपालीहरुमा पश्चिमी धन खेल्ने बाटो खोल्ने ।

बालुवाटार लुटेर खानेहरुको मानसिक विकार, देश लुटेको सम्पत्ति दाइजोमा आएको देखाउनेहरू महा क्रान्तिकारी ?
यिनीहरु कुर्सीमा चेप्टिनुभन्दा पहिले भएका सबै कुरा सामन्तवाद ! पौने २ समय बर्ष पहिले लेखिएको कम्युनिष्ट घोषणापत्र पनि सामन्तवाद ! विश्वका प्राचिन सभ्यताहरु महा सामन्तवाद ! सामूहिक सामाजिक संबन्धको प्रतिकका रुपमा रहेको गुठी प्रथा सामन्तवाद तर ब्यक्तिले गुठीको जग्गा लुटि खानु समाजवाद ! माओवादीले दुनियाँको जमिन लुटेर आफू अरबपति बनेर समाजवादको कार्यभार सम्पन्न गरे जस्तै भँडुवाहरु हुन् गुठीलाई सामन्तवाद भन्नेहरु ! वालुवाटारको सरकारी जग्गा लुटेर क्षतिपूर्ति माग्ने पतितहरुको मानसिक विकारको पराकाष्ठा !

संस्कृतिका बारेमा मिशनरी दलालहरुसँग बहस जरुरी छैन, यिनीहरुका हरेक कदमहरु भूराजनीतिक एजेन्डाहरु हुन्, यिनीहरुले गरेका अपराधहरुको छानबिनमा हुनु पर्दछ ।

धर्मनिरपेक्षताको पाखण्डको परिणाम पश्चिमा मिशनरीहरुको अपराधपूर्ण ज्यादतीका रुपमा प्रकट भयो । गणतन्त्रको एजेन्डा छोटे महाराजको सामन्तीतन्त्रका रुपमा परिणत भयो । संघीयताको बहाना नेपाल विखण्डनको औजारका रुपमा प्रयोग भयो । गुठी विधेयक ‘होली वाइन’ रणनीति बाहेक केही होईन ।

१२ बुँदे नै एउटा भूराजनीतिक डिजाइन हो र ०६३ सालपछि जति पनि मुद्दाहरु उठाईएका छन्, ती सबै भूराजनीतिक एजेन्डाहरु हुन् । यस्ता एजेन्डाहरुका निशाना नेपालको देशको सार्वभौमिकता, सामाजिक सम्बन्ध, संस्कृति र राष्ट्रिय मूल्यहरु हुन् । यसमा भ्रम पाल्नु मृत्यूलाई निम्त्याउनु सरह हो ।

भाडामा प्रयोग भएका मानिसहरुसँग बहस र वार्ताको आवश्यकता छैन । यसो गर्नु भनेको अपराधिहरुलाई खेल्ने ठाउँ बनाउनु हो । वार्ता त यिनीहरुले गरेका अपराधहरुको छानबिन गर्नका लागि हुनु पर्दछ । जुन मानिस अरुको माल हो भन्ने तथ्य स्पष्ट छ, त्यससंग वार्ता गर्नु भनेको बाह्य हमलालाई स्वीकार्नु हो ।

चिहानघारी नछोड्नेले गुठीको सम्पत्ति छोड्दैन
केपी ओलीको निर्वाचन क्षेत्रको चिहानघारी बर्षैंदेखि निजका परम मित्र पुष्पकमलका ‘गुरिल्लाहरु’को कब्जामा छ । यस्ता घटना कोट्याउन थाल्नुभयो भने दर्जनौं भेटिन्छन् । चिहानघारी खान नछोड्ने यिनीहरु भष्मासुर हुन् । संस्कृति रक्षाका लागि उठ्न थालेको जनसागर अब यिनीहरुले देश लुटेर जम्मा गरेको सम्पत्ति कब्जा गर्ने आन्दोलनमा परिणत गरेर यिनीहरुमाथि सार्वजनिक रुपमा कार्वाही गर्न थाल्नु पर्छ । -जनधारणा साप्ताहिक

-लेखक राष्ट्रिय पुनर्जागरण अभियान, नेपालका कार्यकारी संयोजक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here