गैरसरकारी संस्थाले स्थानीय तहमा कार्यक्रम गर्न नपाउने

83

काठमाडौं– सरकारले अनुमतिविना स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन गर्ने गैर सरकारी संस्थाहरूलाई प्रतिबन्ध लाग्ने भएको छ।

बिहीबार काठमाडौंमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अनुमतिविना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउन लागिएको जानकारी दिए । सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम सञ्चालन गर्न सक्ने उनको भनाइ छ ।

मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार संचालन ऐन’ परिमार्जन गर्ने जनाए । स्थानीय तहलाई जनताको कामप्रति जवाफदेही बनाउन सरकारले सो ऐन परिमार्जन गरेर अघि बढने निष्कर्ष निकालेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here