काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका दुई जिल्ला इन्चार्जसहित पाँच जना नेता तथा कार्यकर्ताहरुलाई महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले गिरफ्तार गरेको छ ।
महाशाखाको टोलीले रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा जिल्ला इन्चार्ज यादव दाहाल र दोलखा जिल्ला सेक्रेटरी निशान जिरेलसहित पाँच जनालाई गिरफ्तार गरेको छ । एक जनालाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरेको हो ।

















