गोकर्णमा बस पल्टियो, एकजनाको मृत्यु

283

काठमाडौं /  सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना भएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएको प्रहरीले जनाएको छ । बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here