सुनको भाउ तोलामा १२ सय रुपैयाँका दरले बढ्याे

61

काठमाडौं । अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा १२०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १२०० रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार २०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १३२० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३०० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here