कुमार पौडेलको मृत्युबारे मानवअधिकार टोली अनुसन्धान गर्न घटनास्थलतर्फ प्रस्थान 

318

काठमाडौं /  राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा प्रहरीको गोलीबाट बिहीबार विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला ईञ्चार्ज कुमार पौडेलको मृत्यु भएको भनिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले यस घट्नालाई दोहोरो मुठभेड भनी प्रचार गरेको छ । तर स्वयम् महासचिव विप्लव र सर्लाही नेकपाले कुमार पौडेलालाई पक्राउ गरी हत्या गरिएको दाबी गरेको छ ।

आयोगले शुक्रबार एक वक्तव्य जारी गरी घटनाको सत्यतथ्यको अनुसन्धान तथा अनुगमन गर्न आयोगको केन्द्रीय कार्यालय एवं प्रदेश नं २ कार्यालयबाट टोली खटिएको जनाएको छ ।

आयोगको केन्द्रीय कार्यालयको टोली आज (शुक्रबार) बिहानै घटनास्थलतर्फ प्रस्थान गरिसकेको र आयोगकोे उक्त टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी तत्कालै आयोगमा प्रतिवेदन पेश गर्ने समेत वक्तव्यमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here