अस्वस्थ्य मानसिकताबाट बच्न हरेक मानिसले दैनिक रुपमा योग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

253

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने जनाएका छन् ।

अन्तराष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने जनाए ।

प्रधानमन्त्री ओलीले भने -‘योगको अभ्यास भाषा र लिपी सुरु हुनुभन्दा अघिबाट सुरु भएको हो,’ ‘मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ।’

ओलीले नेपालमा योगको अभ्यास परम्परागतकालदेखि नै हुँदै आएको प्रमाण धेरै भेटिएको जनाए। ‘हामीले पाँच/छ हजार वर्ष पहिलेका मूर्तिहरु हेर्‍यौं भने पनि तिनमा योगका विभिन्न आशन देखिन्छन्,’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले नेपालको कोशी किनारमा बेदका ऋचाहरुको रचना भएको उल्लेख गरेका छन् । ‘यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समय पछि-पछि परेका हौं तर अब त्यो अवस्था रहदैन’ – प्रधानमन्त्री ओलीेले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here