भाषा, कला, संस्कृतिकाे जगेर्ना गर्न नेवाः अर्गनाइजेसन अमेरिकाको महत्वपूर्ण याेगदान

2

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्र र देशभरि रहेका नेवा: समुदायको प्रतिष्ठित संस्था नेवाः अर्गनाइजेसन अफ अमेरिकाले आफ्नो २५औँ वार्षिक साधारण सभा र भव्य ‘रजत महोत्सव’ (सिल्भर जुबली) मनाएको छ ।

विगत २५ वर्ष देखि यो संस्थाले अमेरिकामा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउन, आफ्नो मौलिक पहिचान जोगाउन र समुदायलाई सहयोग गर्न निरन्तर काम गर्दै आएको छ। संस्थाको मुख्य उद्वेश्य नै नेवाः परम्परा, संस्कृति, कला, भाषा लगायतलाई जगेर्ना, सम्बर्द्वन र सम्बर्द्वन गर्नु हो ।

नयाँ कार्यसमिति निर्विरोध चयन यसै ऐतिहासिक अवसरमा संस्थाको आगामी सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरिएको छ। निर्वाचन समितिका अनुसार प्रत्येक पदका लागि एक–एक जनाको मात्रै उम्मेदवारी परेकाले सम्पूर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिको नेतृत्व अध्यक्ष पदमा राजेशलाल श्रेष्ठले गर्ने भएका छन् । कार्यसमितिका अन्य मुख्य पदाधिकारीहरूमा अध्यक्ष राजेश लाल श्रेष्ठ, प्रथम उपाध्यक्षमा दिवाकर धौभडेल, द्वितीय उपाध्यक्षमा बबिता श्रेष्ठ, महासचिवमा प्रतिक श्रेष्ठ, कोषाध्यक्ष नविन मोहन रञ्जित तथा सचिवमा सचिन बैद्य निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा ज्योत्स्ना श्रेष्ठ, शर्मिला श्रेष्ठ म्याकविलियम्स र अमित खड्गी निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक श्यामलाल श्रेष्ठ र सदस्यहरुमा उदय श्रेष्ठ र राजेश श्रेष्ठ रहेका थिए । नयाँ कार्यसमितिलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना दिएका थिए । गत ज्येष्ठ २ गते भएकाे कार्यक्रममा झाकी, औपचारिक कार्यक्रम, प्रस्तुती, सम्मान लगायत कार्यक्रम सम्पन्न भएका छन् । समारोहमा विभिन्न आमन्त्रित व्यक्तित्वहरुले मन्तव्य राखेका थिए ।

प्रमुख अतिथीको रुपमा नेपाली दुतावासकी सल्लाहकार अरुणा घिसिंग रहेकी थिइन भने उनले मन्तव्य राख्दै संस्थाले प्रवासमा गरेको योगदान बारे चर्चा गरिन । साथै केही सल्लाह र सुझाव समेत दिइन । एनओएका अध्यक्ष महिन्द्र प्रधान , डव्लुएनओका अध्यक्ष मनोहर लाल श्रेष्ठ लगायतले समेत मन्तव्य राखेका थिए । साथै निर्वाचित अध्यक्ष राजेश लाल श्रेष्ठले अध्यक्ष भए लगतै मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here