काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको कारण सांसद रेशम चौधरीलाई लगाइएको नेल (साङ्लो) हटाइएको छ।
सांसद चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालमा समेत सांसद चौधरीको खुट्टामा रहेको सो नेल नहटाएपछि त्यसको चौतर्फी विरोध भएको थियो।
खुट्टाको साङ्लो हटाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले माहतका निकायलाई निर्देशन दिएको जनाइएको छ। उनले मुख्यसचिव लोकदर्श रेग्मीमार्फत साङ्लो हटाउनको लागि निर्देश गरेका थिए।
फोक्सो र ढाडमा समस्या देखिएपछि सांसद चौधरीलाई बिहीबार वीर अस्पताल भर्ना गरी उपचार थालिएको थियो। अहिलेको उनको लागि उपचार चलिरहेको छ।

















