एमालेको दसौं केन्द्रीय कमिटी बैठक सुरू

25

काठमाडौं । तीन दिनसम्म चल्ने नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरू भएको छ।

ललितपुरको भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा अहिले बिहान ११ बजेबाट सुरू हुन लागेको बैठकले मंसिरमा हुने भनिएको ११ औं महाधिवेशनको मिति तय गर्नेछ।

यसअघि असोज १२ गते बसेको सचिवालयको बैठकले मंसिर अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरे पनि मिति तोकेको छैन ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्व र पार्टी पुनर्गठनबारे धारणा राख्नेछन्।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here