सुनको मूल्यमा नयाँ रेकर्ड कायम

23

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार सुनको कारोबार प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा भएको थियो ।

त्यसतै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here