काठमाडौ, प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसको साथ पाएर एउटा मात्र सिट सुरक्षित गरेका डा. बाबुराम भट्टराई पछिल्लो समय निकै सक्रिय हुन थालेका छन् । तत्कालीन एमाओवादीबाट फुटेर नयाँ शक्ति पार्टी निर्माण गरेका भट्टराईले नयाँ शक्तिबाट पार लाग्ने नदेखिएपछि उपेन्द्र यादवको संघीय समाजवादी पार्टीमा आफ्नो पार्टी विलय गराएर समाजवादी पार्टी नेपालको निर्माण गरेका छन् । हाल उक्त पार्टीले राष्टिय जनता पार्टी (राजपा)सँग पनि एकीकरणको प्रयास थालेको छ ।
संसदमा एउटा मात्र सिट भएका भट्टराई हाल समाजवादी पार्टीको अध्यक्षका रुपमा तत्कालीन संघीय समाजवादी पार्टीका संसदहरुको नेतृत्व गरिरहेका छन् । समाजवादी पार्टीको राजपासँग पनि एकता भएमा संघीय संसदमा उनले ३२ सांसदको नेतृत्व गर्न पाउने छन् । राजपाका एक जना सांसद रेशम चौधरी भने निलम्बन अवस्थामा जेल जीवन विताइरहेका छन् । भट्टराईले चौधरीलाई जेल चलान गरेको विषयमा पनि चर्काे आलोचना गर्दै आएका छन् । हालै मात्र पनि उनले चौधरीलाई अस्पतालमा पनि नेल लगाइएको भन्दै सामाजिक सञ्जालमा चर्काे विरोध जनाएका थिए ।
उनको यो सक्रियता भने स्वतस्फूर्त रुपमा आएको होइन् । पहिलो संविधान सभा विघटन गरेका भट्टराईले भारतीय एजेन्डालाई समर्थन गर्दै आएका छन् । तर पछिल्लो समय कमजोर अवस्थामा रहँदै आएका थिए । उनलाई संसदमा शक्तिशाली भूमीका दिनकै लागि भारतले नै मधेवादी दलको नेतृत्वको वातावरण मिलाइदिएको बताइन्छ । बाबुरामलाई संसदमा शक्तिशाली बनाउनकै लागि भारतले मधेशवादी दलहरुलाई एक गराउँदै उनीहरुसँग रहेको संसदको बलमा भट्टराईलाई सशक्त भूमिकामा ल्याउन खोजेको बताइन्छ ।
भट्टराईले पछिल्लो समय असफल भइसकेको जातिय क्षेत्रिय मुद्दालाई पुन एक पटक ब्यूताउने र अहिलेको सात प्रदेशिय संघीय संरचनालाई समेत ११ प्रदेश बनाउनुपर्ने भन्दै वकालत गर्दै आएका छन् । तत्कालीन नेकपा माओवादीका तर्फबाट उठेको जातिय र क्षेत्रीय मुद्दा तथा धर्मनिरपेक्षता लगायतका विषय पनि बाबुरामकै स्वार्थ अनुसार ल्याइएको बताइन्छ । यो कुरालाई उनी आफैले पनि स्वीकार गर्दै आएका छन् । नेपालमा अस्थिरताका जड मानिने विषयलाई भट्टराईले आफ्ना एजेण्डाका रुपमा उठाउँदै आएका छन् ।


















