अनुहारको चमक बढाउने सरल उपाय

557
  • सानो चम्चाको दुई चम्चा बेसन, एक चम्चा कागतीको रस, एक चम्चा बदाम वा नरिवलको तेल र एक चम्चा नौनी घ्यू एकै ठाउँमा राखी लेप तयार गरे पछि अनुहारलाई अलिकति गाईको दूधले सफा गरेर पानीले धुनु पर्छ । त्यसपछि पानी सुकेपछि सो लेप अनुहारमा लगाउने । लेप सुकेको २० मिनेटपछि मनतातो पानीले अनुहार धुने । यसो गर्दा छाला चाउरिन थाले पनि बिस्तारै हटेर जान्छ ।
  • पुदिनाका पातलाई पिसेर बनाएको लेदोलाई अनुहारमा लेप गर्नाले घाउ खटिराका साथै अनुहारमा रहेको दागलाई पनि हटाईदिन्छ ।
  • गोलभेडाको रस निकालेर अनुहार तथा गर्दनमा दल्ने । सो रस सुकेको २० मिनेटपछि चिसो पानीले अनुहार धुने,छालामा निक्खरोपन आउँछ ।
  • अन्डाको सेतो भागमा एक दुई थोपा मह फिटेर तयार गरिएको ‘फेस मेक’ हप्तामा एक पटक प्रयोग गर्नाले चिल्लो निस्किरहने छालाका लागि अत्यन्तै लाभदायक हुन्छ ।
  • अलिकति बेसन र काँचो दूधमा एक दुई थोपा मह फिटेर बनाएको ‘फेसमेक’को प्रयोगले जुनसुकै छालालाई पनि फाईदा हुन्छ ।
  • महलाई पानी अथवा कागतीसँग मिलाएर अनुहारमा लगाउँदा अनुहार सुन्दर देखिन्छ ।
  • काँक्रो काटेका बेलामा निस्केको पानीलाई कुनै भाँडामा राखेर सो पानी अनुहारमा दल्ने गर्नोस् । पानी सुकेको १० देखि १५ मिनेटपछि चिसो पानीले मुख धुने गरे अनुहारमा चमक नरमपना आउँछ ।
  • अलिकति गाईको दूधमा जैतुनको तेल मिसाएर दिनैपिच्छे सुत्नुभन्दा अगाडि अनुहारमा तलतिरबाट माथितिर मालिस गर्ने । मालिस सकेको १५ मिनेटपछि चिसो पानीले मुख धुने गर्दा असमयमै छाला चाउरिन पाउँदैन । यदि चाउरी परेको छ भने पनि सो चाउरिएको छालामा समेत सुधार हुँदै आउँछ ।
  • रातो या सेतो चन्दन घोटेर निस्केको लेप या मुसुरोको दाल पिसेर बनाएको लेपलाई अनुहारमा दल्ने । लेप सुकेको १० देखि १५ मिनेटपछि चिसो पानीले मुख धुने । यसो गर्दा अनुहारमा देखिएका दागहरु बिस्तारै हटेर गई अनुहारको चमक बढ्छ ।
  • अनुहारको चाउरीलाई हटाउन अलिकति कागतीको रसमा त्यति नै मह मिसाएर लेप बनाई सो लेप अनुहारमा दल्ने गर्नुहोस् । १५ मिनेटपछि चिसो पानीले मुख धोएपछि जैतुनको तेलले मालिस गर्नोस् । यो क्रम हप्तामा दुई तीन पल्ट गर्दै गए छिट्टै अनुहारमा चाउरी परेको छालामा धेरै प्रगति हुन्छ ।
  • एक दुई चम्चा मकैको पीठोमा एक चिम्टी फिट्किरीको धूलो मिसाएर मुछ्ने र अनुहारमा लगाउनु पर्छ । त्यसपछि १० देखि १५ मिनेटसम्म सुक्न दिने र एक दुई लिटर पानीमा तीन थोपा डिटोल घोलेर (आँखा जोगाएर) धोएमा अनुहार सफा हुन्छ ।
  • राति सुत्ने बेलामा मुख धोएर अनुहारमा फिट्किरी रगडेर सुत्ने र बिहान उठेर कागतीको रस पुनःमुखमा लगाउने अनि पाँच सात मिनेटसम्म सुक्न दिई सफा पानीले मुख धुनाले अनुहारको चमक बढ्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here