काठमाडौं / एसईई परीक्षाको नतिजा आज सार्वजनिक गरिने भएको छ । नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा सकेसम्म बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ हो । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
गत चैत १० गतेदेखि सञ्चालन भएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।
कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटी नभए बुधबार बेलुकासम्म र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिएका छन् ।
परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको कार्यालयले जनाएको छ ।


















