अफ्रिकन कपमा इजिप्टले कंगोलाई हराउँदै अन्तिमा १६ चरणमा पुग्यो

83

एजेन्सी / इजिप्टले कंगोलाई हराउँदै अफ्रिकन कप अफ नेशन्सको नकआउट चरणमा पुगेको छ । बुधबार राति भएको समूह ए अन्तगर्तको खेलमा प्रतियोगिताको सर्वाधिक सफल टिम इजिप्टले कंगोलाई २–० ले हराएको थियो ।

घरेलु टिम इजिप्ट यसअघिको संस्करणमा क्यामरुनसँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । समूह चरणमा लगातार दुई जित निकाल्दै इजिप्टले अन्तिम १६ मा सुरक्षित गरेको छ ।

इजिप्टको जितमा अहमेद एल मोहमदी र मोहम्मद सलाहले एक–एक गोल गरेका थिए । इजिप्टका मोहमादीले खेलको २५औं मिनेटमा पहिलो गोल गरेका थिए । साथैं ४३औं मिनेटमा सलाहले गोल गरेपछि पहिलो हाफ सकिनुअघि इजिप्टले २–० को अगाडि रहेको थियो । दोस्रो हाफमा दुबै टिमबाट गोल हुन नसक्दा इजिप्ट विजयी हुन सफल भयो ।

समूह ए कै अर्को खेलमा युगान्डा जिम्बावेसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलको १२औं मिनेटमा युगान्डाका इम्मानुयल ओक्वीले पहिलो गोल गरेका थिए । भने ४०औं मिनेटमा खामा विलियातले गोल गरेपछि खेल बराबरी भएको थियो । दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसकेनन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here