कीर्तिपुरमा सिरिन्ज आक्रमण

263

काठमाडौं / काठमाडौंका विभिन्न स्थानहरुमा सिरिन्ज आक्रमणका घटनाहरु सार्वजनिक भइरहेको बेलामा हालै मात्र कीर्तिपुरमा पनि सिरिन्ज आक्रमण भएको छ । कीर्तिपुर नगरपालिका वडा नं. ९ पांगा र नगाउँको सिमाना मकैं बारीको वीचमा रहेको गोरेटो बाटोमा सो आक्रमण भएको हो । विहिवार असार १२ गते दिउँसो करिव ४ बजे सो आक्रमणको घटना भएको प्रहरीले जानकारी दिएको छ ।

कीर्तिपुरको पांगादोबाटोस्थित बाघभैरव स्कूलमा अध्ययनरत १२ बर्षकी छात्रालाई अज्ञात ब्यक्तिले सिरिन्ज आक्रमण गरेको जनाइएको छ । इलाम घर भई हाल कीर्तिपुरको पांगा दोवाटोमा बहालमा बस्दै आएका प्रेमलाल जोगीका छोरीलाई सो आक्रमण गरेको हो । आक्रमण पछि पीडित बालिकालाई कीर्तिपुर अस्पतालमा लगेको थाहा भएको छ । घटना विवरण अनुसार बालिका एक्लै स्कूलबाट फकर्ने क्रममा हिड्दै गर्दा अज्ञात ब्यक्तले खुट्टामा सिरिन्ज आक्रमण गरि फरार भएको
छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here