सहमतिपछि खुल्यो पोखरा महानगरपालिकामा कांग्रेसले लगाएको ताला

70

पोखरा– पोखरा महानगरपालिकाको मूल गेटमा कांग्रेस जनप्रतिनिधिले लगाएको ताला खुलेको छ । वडाका अत्यावश्यक योजनालाई हेरफेर गर्न सकिने सहमति पछि ताला खोलिएको हो ।

वितरणमुखी बजेट ल्याएको भन्दै उनीहरुले बिहीवार महानगरको मुख्य गेटमा ताला लगाएका थिए ।

शुक्रबार पोखरा महानगर प्रमुख मानबहादुर जिसीले पत्रकार सम्मेलन गरेरै जनप्रतिनिधिलाई अत्यावश्यक योजनामा हेरफेर गर्ने गरि सहमतिमा आउन आग्रह गरेपछि ताला खुलेको हो । सन्चारकर्मीसङ्ग कुराकानी गर्दै मेयर जिसिले बजेटले कसैलाई भेदभाव नगरिएको स्पस्टिकरण दिएका थिए ।

बुधबारको नगरसभा बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । वडा नम्बर ४ का वडाअध्यक्ष शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफा फालेका थिए । नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए ।

रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको जनप्रतिनिधिको आरोप थियो । उनीहरुले आफूहरुको माग सम्बोधन हुनुपर्ने माग राख्दै बिहीबार महानगरको मुलद्वारमा ताला लगाएर दिनभर धर्ना बसेका थिए ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here