लागुऔषधसहित तीन जना गिरफ्तार

113

नवलपरासी / प्रहरीले लागुऔषधसहित तीन जनालाई गिरफ्तार गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५, चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई गिरफ्तार गरेको हो । भैरहवाबाट काठमाडौंका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार काठमाडौं महानगरपालिका–२ बस्ने २५ वर्षीय सन्दीप रजकलाई गिरफ्तार गरिएको हो । उनको साथबाट नुर्फिन ११९ थान, डाइजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान लागुऔषध साथै प्रयोग भइसकेको सिरिन्ज तीन थानसमेत बरामद गरिएको छ । साथै सोही स्थानमा बझाङबाट काठमाडौंका लागि छुटेको ना६ख १३३३ नंको बसमा सवार ललितपुरका २६ वर्षीय विक्रम थोकर र ललितपुरकै महालक्ष्मी नगरपालिका–३ का ३७ वर्षीय श्यामसुन्दर पौडेललाई लागुऔषधसहित गिरफ्तार गरेको छ ।

उनीहरुको साथबाट लागुऔषध नुर्फिन १०९ थान, डाइजापाम १०९ थान र फेनरागन १०९ थान गरी जम्मा ३२७ थान लागुऔषध बरामद गरेको हो । गिरफ्तार गरेकाहरुलाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here