‘सिरिन्ज’ आक्रमणकारी भन्छन्- रमाइलोका लागि यस्तो गरेको

110

काठमाडौं– युवतीमाथि श्रृङ्खलाबद्ध रुपमा ‘सिरिन्ज’ आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आक्रमणमा संलग्न रहेको आशंकामा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका ३० वर्षीय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोलीले उनलाई गएराती महाराजगञ्जबाटै पक्राउ गरेको हो ।

उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि तिखो बस्तुले हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

परिसरले शुक्रबार कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप घर भएका उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका जनाएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार कार्कीले सुई नभएर काठको सुइरो र ढलान किला प्रयोग गरेर युवतीहरुलाई घोच्ने गरेको बयान दिएका छन् ।

प्रहरीले घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

त्यही मोटरसाइकलमा महाराजगञ्जबाट नैकापस्थित घर फर्कर्ने क्रममा उनले बाटोमा युवतीहरुलाई एक्लै देखे आक्रमण गर्ने गरेका थिए ।

प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here