पुष्पकमल दाहाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

119

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दिल्लीमा भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। शुक्रबार दिल्ली पुगेका दाहालले उच्च राजनीतिक नेतासँगको भेटलाई तीव्रता दिएका हुन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणमा भारत भ्रमणमा जानुभएका दाहालले शनिबारदेखि नै भेटवार्ता सुरु गरेका हुन् ।

भेटपछि नेपाली भाषामा ट्वीट गर्दै विदेशमन्त्री जयशंकरले छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहने बताएका छन् ।

अध्यक्ष दाहाललाई दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ। छिमेकी देशको सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको उनले बताए।

आर्थिक सहकार्यमा केन्द्रित भएर हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ’’, जयशंकरले ट्वीटरमा लेखेका छन् ।

अध्यक्ष दाहालले सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेतासँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने स्पष्ट पारे ।

‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो। दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो,’’ अध्यक्ष दाहालले भने ‘‘कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन। समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो। यो भ्रमण आकस्मिक होइन, दुई–तीन महिना अघिदेखि यसमा छलफल भइरहेको थियो।’’

शनिबार बिहान अध्यक्ष दाहालले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग दिल्लीमै भेट गरेका छन् । । अध्यक्ष दाहालले शनिबार भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ। आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने कार्यतालिका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here