काठमाडौं- सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको (नेकपा) मानवताविरोधि गतिविधिमा संलग्न भएको जनाएका छन् । विप्लव नेतृत्वको गतिविधि समाजवादी र राजनीतिक चरित्रको नभएर फासिवादी अपराधिक भएकाले मानवताविरोधि भएको जनाएका हुन् ।
सञ्चारमन्त्रालयमा आयोजित मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा जनाएका हुन् ।
‘मानिसको बाँच्न पाउने अधिकार शान्तिपूर्वक हिडडुल गर्न पाउने अधिकार स्वतन्त्रता पूर्वक आफ्ना व्यवशायहरु सञ्चालन गर्न पाउने अधिकारप्रति विप्लवले धावा बोलेका कारण प्रहरीले आफ्ना कारबाही अघि बढाएको हुनसक्छ, उनीहरू प्रतिक्रान्तिकारी उद्देश्य राखेर अघि बढेको र हिंसा र आतंकको सहारामा कस्को सेवा गर्न खोज्दैछन्,’ बाँस्कोटाले भने ।
सोही पत्रकार सम्मेलनमा क्लिन फिड लागु भएरै छाढ्ने जनाए । ‘यो मिडयामा आएको समाजवाद हो, सबै मिडया र विज्ञापन व्यावसायीले सर्मथन र साथ दिएका छन् त्यसकारण लागु हुन्छ,’ उनले भने ‘जो सुकैले जे भनुन् यो लागु भएरै छोड्छ ।’ नागरिक दैनिक


















