काठमाडौं- कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। इपीएस कोरियाले गएराति नतिजा सार्वजनिक गरेको हो।
इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्। नेपालमा भने बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए।
भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो। परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए।


















