लोप हुने स्थितिमा पुग्यो धान दिवस

74

मुगु / अधिराज्यभरिका कृषकहरुले धान दिवस मनाइ रहेको बेलामा यो बर्षको मुगु जिल्लाका धान दिवस भने सुनसान नै देखिन्छ । स्थानीय सरकारबाट बजेट बिनियोजन नभएका कारण यस वर्षको धान दिवस सुनसान भएको हो । १७ औ राष्ट्रिय धान दिवस मुलुक भर विभिन्न कार्याक्रम गरी दिवस मनाइएको छ । तर मुगु जिल्लामा भने धान दिवस मनाउन नपाएपछि कृषकहरु धान दिवसको मुल नारा र धान दिवसको महत्व हराउदै जाने चिन्ता व्यक्त गरेका छन् । जिल्लामा एक नगरपालिका, २ गाँउपालिका ,कृषि ज्ञान केन्द्र सम्र्पक कार्यलय मुगु ,कृषि सम्बन्धी काम गर्ने दर्जनै संघ सस्थाहरुले कृषि सम्बन्धी मुगु जिल्लामा काम गर्दै आएको थियो । तर यो वर्ष भने कुनै पनि निकायले यस विषयमा खासै चासो नदिएको जनाइएको छ । पछिल्लो समय धान दिवस मात्र नभइ कृषकहरुलाई दिने तालिम गोष्टी सेमिनार अन्य औजार उपकरण समेतमा लोप हुन थालेको जनाइएको छ ।

सरोकार वाला निकायबाट मुगु जिल्लामा गत वर्षदेखि धान दिवस मनाउन छोडे पछि खेतिको महत्व हराउँदै जाने विषयमा दुख लागेको छायानाथ रारा नगरपालिका बडा नम्बर ५ कार्कीबाडा गाँउ बस्ने रामराज कार्कीले धारणा राखे ।असार महिनामा आफ्नै एक पुख्याउली प्रचलन अनुसार धान रोप्दै दहि चिउरा खाने र देउडा गीत गाउन चलनले छुट्टै मजा आउने कृषकहरुले सुनाए । धान दिवसले सास्कृतीलाई जोगाउँदै आइरहेको थियो तर गत साल र यो बर्ष धान दिवस मनाउन नपाउदा आफुलाई निकै नरमाइलो लागेको कृषक नरबिर बिकले जानकारी दिए ।

बिगतका वर्षहरुमा जिल्ला कृषि विकास कार्यालयले तामझामका साथ धान दिवस मनाएको थियो । कृषकहरु खुसीका साथ धान दिवसमा व्यस्त हुने गरेका थिए । पछिल्लो समयमा स्थानीय सरकारबाट धान दिवसको बारे कुनै पनि बजेट बिनियोजन नगरेको कारण धान दिवस मनाउन नसकेको छायानाथ रारा नगरपालिकाका कृषि शाखा प्रमुख के.बी रोकायाले जानकारी दिए । कर्णाली प्रदेश सरकार कृषि ज्ञान केन्द्र जुम्लाबाट १७ औ धान दिवसको बारे कुनै पनि बजेट बिनियोजन नभएको कारण असार १५ अर्थात १७ औ राष्ट्रिय धान दिवस मुगु जिल्लामा मनाउन नसकेको कृषि ज्ञान केन्द्र जुम्ला सम्र्पक केन्द्र मुगुका सुकीराम नेपालिले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here