तेजावी सुनको मूल्य एक लाख ४ हजार रुपैयाँ कायम

78

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ४ हजार रुपैयाँ तोकिएको छ । सुनको यो मूल्य बुधबारकै मूल्य भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here