काठमाडौं– नायक अनमोल केसी र अभिनेत्री श्रृष्टी श्रेष्ठका केही रोचक तस्वीर बाहिर आएका छन् । एक म्याग्जिनले गरेको फोटोसूटमा उनीहरका यस्ता तस्वीर बाहिरिएका हुन् ।
मिस नेपाल भएपछि श्रृष्टीका टू पिस तस्बिरहरु सामाजिक संजाल र मिडियामा खुबै भाइरल बनेका छन् । केही भिडियोमापनि श्रृष्टीले आफ्नो बोल्ड अवतार प्रस्तुत गरिसकेकी छिन् । उनले हिन्दी फिल्म ज्याकपटको गीत कबी जो बादल वर्षे गीतमा आफ्नो सबै बोल्ड उतारेकी छिन् ।

तर, श्रृष्टीले चलचित्रको पर्दामा भने आफूलाई सफ्ट रुपमा उतारेकी छिन् । पहिलो चलचित्र ‘गाजलु’मा त उनी ‘कुमारी’को भूमिकामा देखिइन् । यो चलचित्रमा सोझी यूवतीको भूमिकामा देखिएकी श्रृष्टीले यसपछि केहि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
‘लाउरे, रोमियो एन्ड मुना’मा काम गरिसकेकी श्रृष्टी अहिले ‘बाँध मायाले’मा काम गरिरहेकी छिन् । ‘बाँध मायाले’मा पनि उनी निकै सफ्ट छिन् ।



















