धादिङको बेनिघाटमा बस र दुई माइक्रो एकापसमा ठोक्किदा २ जनाको मृत्यु, ३० घाइते

101

काठमाडौं– धादिङको बेनिघाटमा बस दुईवटा माइक्रोबस एकापसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएका छन् । उनीहरुको धादिङको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here