कालिकोट / नेत्रचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डको गृहजिल्ला कालिकोटका ९ वटै स्थानीय तहमा जनयुद्ध र संकटकालको झल्को दिने गरी प्रहरीले सर्च अभियान सञ्चालन गरेको स्थानीयहरूले जनाएका छन् ।
डीएसपी विनोद शर्माको नेतृत्वमा नरहरिनाथ गाउँपालिकादेखि मुम्रासम्म वयापक रुपमा सशस्त्र र प्रहरी परिचालन गरिएको स्थानीयले जनाएका छन् । विप्लव नेकपाले नरहरिनाथ गाउँपालिकाको कार्यालय आक्रमण गरी आगजनी गरेको थियो ।
यता नेकपा विप्लवले नेपाल बन्दको अवज्ञा गरेको भन्दै सो कारबाही गरेको जनाएको छ । सत्ताको आडमा नेकपा विप्लव विरूद्ध दमनमा उत्रनुले स्थानीयहरूमा ठुलो डर पैदा भयको छ । देशमा पुनः गृह युद्ध शुरू त हुँदैन भन्ने स्थानीयहरूमा आशंका पैदा भएको छ ।
लालु ,माल्कोट ,रूप्शा, कुमालगाँउ ,कोटवाँडा, मेहलमुडी ,मुम्रा लगायतका गाविसमा सशस्त्र प्रहरी र प्रहरी दुबैको नेतृत्व डीएसपी शर्माले गरेका छन् । जनतामा दश वर्षे जनयुद्धको झल्को आउने गरी गाउँ गाँउमा हतियारसहित सर्च अभियान गरेको छ।


















