चीनसँग खरिद गरेको खोप साउनकाे पहिलाे हप्ताभित्र आइपुग्‍ने

67

काठमाडाैं । नेपाल वायुसेवा निगमले सरकारले चीनबाट खरिद गरेको खोप लिन जाने उडान तालिका सार्वजनिक गरेको छ । असारको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म खोप आयात गरिसक्ने गरी उडान तालिका सार्वजनिक गरेको निगमले जनाएको छ ।

पहिलो उडान काठमाडौँबाट असार २४ गते बेलुका हुँनेछ । त्यो जहाज २५ गते शुक्रबार फर्कने कार्यतालिका छ । दोस्रो उडान असार ३१ गते जाने र साउन १ गते फर्कने छ । त्यसैगरी अन्तिम उडान साउन ७ गते जाने ८ गते शुक्रबार फर्कने गरी उडान तालिका सार्वजनिक गरिएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

निगमले बनाएको तालिका चीनका केही भयो भने मात्र परिवर्तन हुन सक्ने श्रेष्ठले बताइन् । ‘खोप लिनका लागि करिब-करिब यही उडान तालिका फाइनल हो,’ उनी भन्छिन् । एक पटकको उडानमा ८ लाख खोप आउछ तर प्याकेजिङ कसरी हुन्छ त्यस अनुसार पनि भर्ने श्रेष्ठले प्रस्ट पारिन् । निगमको उडानले हालसम्म ८ लाख खोप ल्याइरहेकोले प्याकेजिङ मिलाएर ल्याउन सकिएमा १० लाखसम्म पनि ल्याउन सकिने उनको भनाइ छ ।

सरकारले चीनसँग खोप खरिद गरेकाले २४ गतेदेखि ल्याइने सार्वजनिक गरिसकेको छ । सरकारले कति खोप आउँदैछ र कतिमा खोप खरिद गरेको सम्पूर्ण कुराहरू बाहिर ल्याएको छैन । तर, निगमले ३० लाख खोप ल्याउने गरी उडान तालिका सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here