प्रधानमन्त्रीको गृहजिल्लामा सडकमै रोपाईँ गर्दै मनाइयो धान दिवस

380

झापा /  आज धान दिवस प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चाहिँ स्थानीयले सडकमै रोपाईं गरेका छन् ।
बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् ।

भद्रपुर रोडका स्थानीय सन्तोष अग्रवालको घर अगाडि स्थानीयले सडक मर्मतमा प्रशासनको उदाशीनतालाई व्यंग्य गर्दै धान रोपिएको जनाइएको छ ।

धान रोपेपछि सडकमै उनीहरुले दही चिउरा पनि खाएका छन् । तर, बिर्तामोड नगरपालिकाले भने मुक्ति चोकदेखि सैनिक मोडसम्म ४ लेन र बाँकी दुई लेनको बाटो बनाउने गरी ठेक्का प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here