काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स प्रमाणपत्र ढिला वितरण गर्दा बीपीएचका परीक्षार्थी स्नातकोत्तर तहको फाराम भर्न बञ्चित हुने भएका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदले जनस्वास्थको बीपीएच लाइसेन्स प्रमाणपत्र परीक्षा असोज १ गते सञ्चालन गरेको थियो । परिषद्ले परीक्षाको नतिजा असोज ६ गते सार्वजकि गर्दै लाइसेन्स प्रमाण पत्र दशैंपछिदेखि वितरण गर्ने सूचना जारी गर्यो । तर परिषद्ले फेरि असोज २४ गते अर्को सुचना सार्वजनिक गर्दै प्रमाणपत्र कात्तिक १४ बाट मात्रै बितरण सुरु हुने जनाएको छ । परीक्षार्थीहरुका अनुसार बीपीएचको लाइसेन्स प्रमाणपत्र कार्तिक १७ गते वितरण हुनेछ ।
परिषद्को ढिलाइले विद्यार्थी चिकित्सा आयोगले सञ्चालन गर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षाबाट बन्चित हुने भएको प्रजिव राजले जनाए । उनले भने, ‘चिकित्सा शिक्षा आयोगको परिक्षामा सहभागी गराउन विद्यार्थीलाइ जति सक्दो छिटो प्रमाणपत्र परिषदले उपलब्ध गराउनु पर्नेमा बाधा देखाइरहेको छ । यो त हामीमाथि अन्याय भएन र ?’


















