खोलाले बगाउँदा मृत्यु

54

अर्घाखाँची ।छत्रदेब गाउँपालिका-३ रैनापोखरी बस्ने ६५ वर्षीय घन बहादुर घर्तीको सोही ठाउँस्थित बेङ्बी खोलाले  बगाउँदा मंगलबार दिउँसो मृत्यु भएको छ ।

गोरु चराउन गएका उनी खोलाले बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बल्कोटबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here