रोपाईं गर्न गएकी महिलाको करेन्ट लागेर मृत्यु

243

काठमाडौं /  आज असार १५ अर्थात धान दिवस । आजकै दिन रोपाईं गर्न गएकी महिलाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण दोलखामा एक महिलाको मृत्यु भएको हो ।

करेन्ट लागेर भिमेश्वर नगरपालिका वडा नम्बर ५ विरुवास्थित अम्बोटेकी ४१ वर्षीया दुर्गा बुढाथोकीको मृत्यु भएको हो । बुधबार बिहान साढे ११ बजे खेतमा काम गरिरहेकी उनी खेतालालाई पानी खुवाउनको लागि पानी लिन गएकी थिइन् ।

पानी लिन जाने क्रममा विद्युत् प्राधिकरको काठको पोललाई सपोर्ट दिइएको तारमा छुँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका ड्युटी अफिसर सई सेते तामाङले जानकारी दिनुभयो । मृतकको शवलाई पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ । जिल्लाभर विद्युत् प्राधिकरणका जोखिमयुक्त पोलहरु धेरै भए पनि प्राधिकारणले ध्यान नपु¥याउँदा स्थानीयले अनाहकमा ज्यान गुमाउन बाध्य छन् ।

उहाँका अनुसार पोल अड्याइएको सर्पोट तारलाई पनि विजुली बगेको तारमा छोएको कारण बुढाथोकीलाई करेन्ट लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here