वायुसेवा निगमको वार्षिकत्सवमा प्रधानमन्त्री ओली आक्रोशित

187

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा तत्काल निगमको समग्र काम कारवाहीमा सुधार नभए त्यसका सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न सरकार बाध्य हुने प्रष्टीकरण दिए ।

३७ अर्ब रुपैयाँ घाटामा रहेको निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आउनु प¥यो, नभए सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुनेछ,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘निजी क्षेत्रले चलाउन सक्ने विमान निगमले किन चलाउन सक्दैन ?’

प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा आपत्ति जनाए । उनले सरकार निगमको साथमा रहेको तर निगमले विमान सञ्चालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरे ।

आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटने गरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि छ । प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान भर्नका लागि युरोपियन मुलुकहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरुलाई चुस्त राख्न पनि सचेत गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here