घोराहीमा कम्युनिस्टहरूले भ्रष्टाचार गरेको भन्दै कांग्रेको विरोध प्रदर्शन

258

काठमाडौं– घोराही उपमहानगरपालिकाले बजेट दुरुपयोग गरेर कमसल खालको कालोपत्रे (पिच) गरेको भन्दै नेपाली कांग्रेस क्षेत्र नं. ३ ले मंगलबार विरोध प्रदर्शन गरेको छ ।

उपमहानगरभित्रको कालोपत्रे उप्किएर छररीहरू यत्रतत्र भएपछि नेपाली कांग्रेसले भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

घोराही उपमहानगरपालिकाले असारे बजेट खर्च गर्न करीव ६ किलो मिटर बाटोमा कालोपत्रे गरेर बजेट झ्वाम पारेको भन्दै सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको छ । कम्युनिस्टहरूको कब्जामा रहेको घोराही उपमहानगरपालिकामा भ्रष्टाचार र अनियमितता हुँदै आएको यसअघि पनि आरोपहरू लाग्दै आएको थियो ।

नेपाली कांग्रेसल क्षेत्र नं. ३ ले भ्रष्टचारीहरूलाई कारबाहीको माग गरेको छ । सडक कालोपत्रे काण्डमा मुछिएकाहरूको विषयमा छानविन गर्न पनि कांग्रेसले माग गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ को आयोजनामा भएको भ्रष्टाचार विरोधी प्रदर्शनमा कांग्रेसका नेता तथा कार्यकर्ताले नारावाजी समेत गरेका थिए ।

घोराहीको न्युरोडदेखि शुरू भएको विरोध र्याली दामोदर चोक, शहीद गेट हुँदै तुलसीपुर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का क्षेत्रीय सभापति भुपबहादुर डाँगीले उपमहानगरपालिकाको नेतृत्वले कालोपत्र गर्ने बहानामा लाखौँ रकम भ्रष्टाचार गरेर गुणस्तरहीन काम गरेको जनाए ।

क्षेत्रीय सभापति डाँगीले अबका दिनमा घोराही उपमहानगरपालिका भित्र हुने कुनै पनि प्रकारको अनियमितता र भ्रष्टाचारविरुद्ध नेपाली कांग्रेस पर्खाल बनेर विरोधमा उत्रिने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here